गुल्मीका चार स्थानीय तहले दिए सार्वजनिक बिदा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गुल्मीका चार स्थानीय तहले दिए सार्वजनिक बिदा


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । गुल्मीका चार स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।

४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा चारवटा स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस