शिशु चोरेको आरोप लागेकी मनकुमारीलाई पाँच दिन हिरासतमा राख्न अनुमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शिशु चोरेको आरोप लागेकी मनकुमारीलाई पाँच दिन हिरासतमा राख्न अनुमति


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । शिशु चोरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौँले ५ दिन म्याद थपेको जिल्ला प्रहरी परिसर, काठमाडौँले बताएको छ । 

दैलेख घर भई काँडाघारी बस्ने सिंहले शुक्रबार मध्याह्न थापाथलीस्थित परोपकार प्रसूति गृहबाट अरूको बच्चा लगेकी थिइन् । परीक्षणका लागि आएकी काभ्रेकी एक महिलाको २६ दिनको बच्चा उनले चोरेर लगेको प्रहरीले जनाएको छ ।

सीसीटीभी फुटेज लगायतको सहयोगमा प्रहरीले मध्यरातमा काँडाघारीबाट बच्चाको उद्धार गरेको थियो । प्रहरीले सिंहसँगै उनका श्रीमान् र दिदीलाई पनि नियन्त्रणमा लिएको थियो, तर शिशु चोरीमा संलग्नता नदेखिएको निष्कर्षसहित छाडेको छ । 

प्रहरी हिरासतमा रहेकी सिंहको भने केएमसी अस्पताल, सिनामंगलमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस