तीनजना उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तीनजना उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । सहायक रथीबाट बढुवा भएका तीनजना उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 

नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका सुनिल श्रेष्ठ, अनुपजंग थापा र प्रकाश देउजालाई प्रधानसेनापति प्रभुराम शर्माले आज जंगी अड्डामा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उनीहरू नेपाल सरकारको ६ फागुनको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन् ।

बढुवा भएका उपरथी श्रेष्ठको मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालयको सह–संयोजक र उपरथी देउजा, संभाररथी विभागमा नियुक्त भएका छन् । ।

Tags :
प्रतिक्रिया दिनुहोस