सरकारले वार्ताका लागि बोलायो मिटरब्याज पीडितलाई  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारले वार्ताका लागि बोलायो मिटरब्याज पीडितलाई 


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो । 

गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । र आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो । 

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति मार्फत देशभरका मिटरब्याज पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । यतिबेला उनीहरू काठमाडौँ भेला भएर विरोध प्रदर्शन गर्नुका साथै सिंहदरबार मार्चपास समेत गर्दै आएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस