ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन रास्वपाको माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन रास्वपाको माग


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सो माग राखेका हुन् ।

बैठकमा उनले शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको ? भन्दै प्रश्न गरेका छन् ।

परियारले भने, ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औँ वर्षमा लागिसकेको छ । देशभरबाट ४० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् । सरकार समाजवादउन्मुख भन्छ, शिक्षा महँगो छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर कलेजमा न्यूनतम शुल्कमा धेरै विद्यार्थीले शिक्षा पाइरहेका छन् । विभिन्न औपचारिक, अनौपचारिक छलफलमा पनि प्रधानमन्त्रीज्यूलाई ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइदिन आग्रह गरेको थिएँ । ख्वप कलेजमा पढ्नेको संख्या बढ्दो छ । शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक ल्याउनुहुन्छ तर ख्वप विश्वविद्यालयको विधेयक किन ल्याउनु हुन्न रु तत्काल विधेयक ल्याइयोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस