सामाजिक सञ्जालबाट लोकतन्त्र खतरामा छैन : विष्णु पौडेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सामाजिक सञ्जालबाट लोकतन्त्र खतरामा छैन : विष्णु पौडेल


१२ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालबाट लोकतन्त्रलाई खतरा नरहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा पर्‍यो भन्ने भनाइसँग आफू सहमत नरहेको बताए।

‘सामाजिक सञ्जालबाट गलत सूचना सम्प्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भइरहेको सत्य भएपनि लोकतन्त्र नै खतरामा परेको छैन’ उनले भने ‘सामाजिक सञ्जालका गलत सूचनाहरू रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोसिस हुनुपर्छ।’ उनले भने।

उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल, आइटीको दुरुपयोग हुनसक्ने भए सदुपयोग हुनसक्छ की सक्दैन ? भनी प्रश्न समेत गरे। राजनीतिक दलहरु वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा उभिनुपर्नेमा उनले जोड दिए। ‘कसैले पनि प्रेस स्वतन्त्रतालाई संकुचन गर्नु हुँदैन। लोकतन्त्रको प्राण नै आलोचना हो। ’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस