पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु


१२ फाल्गुन २०८०, शनिबार


आगलागी

नानजिङ । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको स्थानीय सरकारले शनिबार बिहान जनाएको छ ।

उक्त घटनामा कम्तीमा ४४ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका निम्ति स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ ।

स्थानीय दमकल विभागलाई युहुताई जिल्लाको एक आवासीय भवनमा आगलागी भएको सूचनापछि अग्निनियन्त्रक घटनास्थलमा पुगेका थिए । करिब दुई घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तलामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकलहरू राखिएको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस