सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे : अमरेश कुमार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे : अमरेश कुमार


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सार्वजनिक सरकारी र गुठीको जग्गाबारे ४१ वटा प्रतिवेदन सरकारको दराजमा धुलो लागेर बसेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले अधिकांश ठाउँमा सत्ता गठबन्धन र उनीहरुकै आसेपासेले नै जग्गा कब्जा गरेका कारण सार्वजनिक जग्गा सरकारले फिर्ता गर्न नसकेको आरोप लगाए ।

उनले भने,‘सार्वजनिक सरकारी र गुठीको जग्गाकोबारे ४१ वटा प्रतिवेदन सरकारको दराजमा धुलो लागेर ढाकिएको छ । पहिला ४१ ठाउँको जग्गा फिर्ता गरौं सरकारको हौसियत छ भने । तर छैन् । किनकी अधिकांश ठाउँमा सत्ता गठबन्धन र उसका आसेपासेले नै जग्गा कब्जा गरेको छ ।’

उनले समाजिक सुधार ऐन २०३३ कसको लागि बनेको भन्दै प्रश्न गर्दै भने,‘यो २०३३ को समाज सुधार ऐन कसका लागि? भर्खर प्रधानमन्त्रीको नातीको बिहे भयो । हजारौंलाई निम्तो गरियो । कांग्रेसको सभापतिको छोराको बिहे भयो ।

सोल्टी होटेलमा १० दिनसम्म पार्टी चल्यो । ठूलाले कानून बनाउने तर नेतालाई कानुन नलाग्ने ?’

समाजिक सुधार ऐन २०३३ को दफा ८ मा दुलाहादुलही पक्षबाट आयोजित भोजमा नजिकको नातेदार बाहेक अरु छरछिमेकी बाहेक ५१ जना बढी व्यक्तिलाई आमन्त्रित गर्न नपाउने भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस