कर्मचारी सञ्चय कोषले माग्यो नवौंदेखि पाँचौं तहमा ३० कर्मचारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारी सञ्चय कोषले माग्यो नवौंदेखि पाँचौं तहमा ३० कर्मचारी 


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

कोषले आज (शुक्रबार) सूचना जारी गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको हो। कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एकरएक जना मागेको छ।

सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलाबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २-२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन्। त्यस्तै, प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना सहायक प्रबन्धक मागिएको छ।

पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ। जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २-२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिन सकिने छ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस