हामीले धर्म निरपेक्ष बनाएर गलत गर्‍यौँ : डा. शशांक कोइराला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हामीले धर्म निरपेक्ष बनाएर गलत गर्‍यौँ : डा. शशांक कोइराला


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले धर्म स्वतन्त्र हुने भएकाले निरपेक्ष बनाएर गलत गरेको बताएका छन् । महासमितिको बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले काँग्रेसलाई गठबन्धन आवश्यक नभएको बताए । उनले भने, ‘चुनावभन्दा पहिले नै गठबन्धन गर्नु दुर्भाग्य हो । गठबन्धन त सरकार बनाउँदा मात्रै बनाउनुपर्छ । गठबन्धन आफ्नो साथीहरूसँग गर्नुस् । काँग्रेसको तर्फबाट मत खस्छ । ३६४ दिन काँग्रेस बन्ने मत हाल्ने दिन चाहिँ अरूलाई हाल्ने त्यस्तो काँग्रेस हामीलाई चाहिँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस