ट्याक्सी व्यवसायीहरूले गरे सरकारविरुद्ध आन्दोलन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ट्याक्सी व्यवसायीहरूले गरे सरकारविरुद्ध आन्दोलन


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । ट्याक्सी व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

सरकारले आफूहरूलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय गरेको भन्दै उनीहरूले त्यसको विरोधमा काठमाडौँको तीनकुनेमा र्‍यालीसहितको विरोधसभा आयोजना गरेका हुन् ।

१० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय ट्याक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरूले विरोधको कार्यक्रम सुरु गर्नुपरेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले विद्युतीय ट्याक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ ।

उनीहरूले नेपाली पहिचान हुने गरी इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न, बीमामा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् । ट्याक्सी व्यवसायीहरूले स्वस्थ प्रतिस्पर्धाको आधारमा ट्याक्सी खरिद गर्न पाउनुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस