भोलि भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भोलि भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधवार नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।

मन्त्री साउदले यही फागुन ११ गते शुक्रवार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नेछन् ।

रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस