शनिवार सर्लाही जाँदै ‘प्रचण्ड’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शनिवार सर्लाही जाँदै ‘प्रचण्ड’


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्लाही जाने भएका छन् । 

बागमती नगरपालिकाको शैक्षिक महोत्सव उद्घाटन गर्न शनिवार सर्लाही जाने भएका हुन् । नगरपालिकाले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो।

फागुन १२ गते बागमती नगरपालिका-११, कर्मैयास्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आयोजना हुने एकदिने महोत्सवको ‘प्रचण्ड’ले उद्घाटन गर्ने जनाइएको छ। नगरपालिकाले पहिलोपटक बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस