एमाले केन्द्रीय कमिटी बैठकमा चारवटा कार्ययोजना प्रस्तुत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले केन्द्रीय कमिटी बैठकमा चारवटा कार्ययोजना प्रस्तुत


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक विषयमा, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरणका विषयमा कार्ययोजना प्रस्तुत गरेका छन् ।

त्यस्तै उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माण र यसका समस्याका विषयमा, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबका कार्यक्रमको खाकाका विषयमा कार्ययोजना पेश गरेका प्रचार विभागले जनाएको छ ।

ती कार्ययोजनामाथि छलफल गर्न केन्द्रीय कमिटी सदस्यलाई ९ समूहमा विभाजन गरिएको छ । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको अर्को समूह रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस