दुई पटक प्रधानमन्त्री र चार पटक सांसद बन्न पाउने विश्वप्रकाश शर्माको प्रस्ताव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई पटक प्रधानमन्त्री र चार पटक सांसद बन्न पाउने विश्वप्रकाश शर्माको प्रस्ताव


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव महासमिति बैठकमा राखेका छन् ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको बन्दसत्रमा महामन्त्री शर्माले मंगलबार समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका हुन्, जसमा नागरिक पङ्तिमा रहेको असन्तुष्टिलाई कसैले सत्तामा जाने भर्‍याङ बनाउन खोजेको बताएका छन् ।

कतिपयले पुरानो सत्ता फर्काउन प्रयोग गर्न खोजेको भन्दै महामन्त्री शर्माले काँग्रेसले व्यवस्थामा परिमार्जनका लागि पहल गर्नुपर्ने बताएका हुन् । यसका लागि व्यक्ति बहिर्गमनको पद्धति बसाल्नुपर्ने प्रस्ताव गरेका छन् ।

काँग्रेसले पार्टीको केन्द्रीय वा जिल्ला सभापति दुई पटक मात्र बन्न पाउने व्यवस्था गरेको भन्दै उनले भनेका छन्, ‘यसको अर्को प्रतिरूप अब मुलुकको शासन प्रणालीमा अवलम्बन गर्न जरुरी छ ।’ उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने पद्धति बसाल्न प्रस्ताव गरेका हुन् । ‘काँग्रेसले यो पद्धतिको अनुशरण आफूले गर्ने छ र, संवैधानिक बस्दोबस्तका लागि प्रस्ताव गर्ने छ’ प्रतिवेदनमा भनिएको छ ।

प्रदेशको हकमा पनि मुख्यमन्त्री बढीमा दुई पटक, मन्त्री तीन र प्रदेश सांसद चार पटकभन्दा बढी हुन नपाउने पद्धति अवलम्बन गर्ने महामन्त्री शर्माको प्रस्ताव छ ।

Tags :
प्रतिक्रिया दिनुहोस