नक्खु कारागारमा विपश्यना केन्द्र सञ्चालन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नक्खु कारागारमा विपश्यना केन्द्र सञ्चालन


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । कारागार कार्यालय नक्खुमा विपश्यना केन्द्र ‘धम्मासय’ सञ्चालनमा ल्याइएको छ । तीन महिनाको तयारीपछि नक्खु कारागारमा विपश्यना केन्द्र सञ्चालनमा आएको हो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यान केन्द्रको उद्घाटन गरे । कार्यक्रममा गृहमन्त्री श्रेष्ठले आफूलाई फेर्ने, स्वजागृत हुने र समाज रूपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने बताए ।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विपश्यना ध्यान केन्द्रका क्षेत्रीय आचार्य डा. रूप ज्योतिले मन शुद्ध भएमात्रै शरीर स्वस्थ हुने र विपश्यनाले मनलाई शुद्ध बनाउने बताए ।

नेपाल विपश्यना केन्द्रले देशभर १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ । कारागारमा विपश्यना केन्द्रको उद्घाटन भएसँगै ४८ कैदीबन्दीका लागि १२ दिनसम्म ध्यान शिविर सञ्चालन गरिने छ । केन्द्रले १६ देशका कारागारहरूमा शिविर सञ्चालन गरिसकेको छ ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, कारागार व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाल, सशस्त्र प्रहरीका एआईजी नारायणदत्त पौडेल लगायत काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस