विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित गर्ने प्रधानमन्त्रीको दाबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित गर्ने प्रधानमन्त्रीको दाबी


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन् ।

सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले संसदमा विचाराधीन अवस्थामा रहेको उक्त विधेयक परिमार्जन गरी पारित हुने बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसदमा दर्ता भएका संशोधन प्रस्तावहरूका आधारमा विधेयक संशोधन हुने बताए ।

प्रधानमन्त्रीले भने, ‘विधेयक संसदमा विचाराधीन रहेका कारण शिक्षक-कर्मचारीहरू, शैक्षिक क्षेत्रका ट्रेड युनियनहरू, शिक्षाविद्, विद्यार्थीसम्वद्ध संघ-संस्थाहरू, सरोकार पक्ष र अभिभावकका समेत सुझावहरू समेटेर यसमाथि आवश्यक संशोधन गर्न सरकार सचेत छ। यसबारे मैले गठबन्धनमा पनि कुरा गरेको छु। प्रतिपक्षसँग पनि कुरा भएको छ। छिट्टै हामी निष्कर्षमा पुग्छौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस