काठमाडौँ । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव पदमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यस्तै सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ।







