काठमाडौँ पुगे देशभरका लघुवित्त पीडित « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ पुगे देशभरका लघुवित्त पीडित


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । आज देशभरबाट करिब तीन हजार लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा आइपुगेका छन् । उनीहरू आउने क्रम जारी रहेको संघर्ष समितिले जनाएको छ । 

करिब छ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरू मुस्लिन हुँदै काठमाडौँ आइपुगेका हुन् । 

सरकारले समिति बनाएर पनि केही काम नगरेकोले पुनः सरकारलाई झकझकाउन आएको एक पीडितले बताए । मुग्लिनबाट हिँडेका उनीहरू छ दिनका दिन शनिबार साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए । 

आज उनीहरू थानकोटबाट र्‍यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने समितिले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस