ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या, एक जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या, एक जना पक्राउ


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। मृतक महिला पनि प्रहरी नै हुन्।

घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले प्रशासनलाई जानकारी दिए।

प्रजिअ सुवेदीका अनुसार वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान् यमबहादुर झाँक्रीले साढे ८ बजेतिर गोली हानेर हत्या गरेको हो।

यमबहादुर झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस