फोहोर टिप्ने बहाना बनाई चोरी गर्ने पाँच भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

फोहोर टिप्ने बहाना बनाई चोरी गर्ने पाँच भारतीय नागरिक पक्राउ


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । फोहोर टिप्ने बहाना बनाई दिउँसोको समयमा चोरी गर्ने पाँच जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँका विभिन्न स्थानमा दिउँसोको समयमा चोरी गर्ने उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ महानगर तिलगंगा बस्ने भारतको समस्तीपुरका वर्ष २६ का लक्का भन्ने विकास पोदार, भारतकै वेगुसराका वर्ष २८ का जितेन्द्र पोदार, बैशाली जिल्ला बिहार बुधुपुरका वर्ष २७ का भाईलाल पोदार रहेका छन् ।

यसै गरी तिलगंगा बस्दै आएका भारतको समस्तीपुर, विध्यापती थानाका वर्ष ४० का सञ्जय पोदार र समस्तिपुरकै वर्ष ५० की मञ्जु देवी पोदार रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत एवम् प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरूले गोकणेश्वर नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा चोरी गरेका थिए । उनीहरूको साथबाट सुनका विभिन्न गरगहना गरी अन्दाजी ३१.९४ तोला र विभिन्न कम्पनीका मोबाइल ५ थान बरामद भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस