सोमपालले नेपाललाई दिलाए पाँचौँ सफलता « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सोमपालले नेपाललाई दिलाए पाँचौँ सफलता


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ प्रतियोगिता अन्तर्गत नेपाललाई पाँचौँ सफलता हात परेको छ।

नेपालले दिएको १३३ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले लगातार तेस्रो, चौथो र पाँचौँ विकेट गुमाएको छ।

निकोलस डेभिन र माइकल भान लिंगेनलाई पहिलो र दोस्रो विकेटको रूपमा गुमाइसकेको नामिबियाले कप्तान जेरहार्ड एरासमसलाई तेस्रो, ज्यान फ्राइलिन्कलाई चौथो र जेन ग्रिनलाई पाँचौँ विकेटको रूपमा गुमाएको हो।

तिनैजना सोमपाल कामीको बलमा आउट भएका छन्। यसअघिको २ विकेट ललित राजवंशीको बलमा क्याच आउट भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस