डिप्रोक्स लघुवित्तको बोनस सेयर घोषणा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

डिप्रोक्स लघुवित्तको बोनस सेयर घोषणा


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । डिप्रोक्स लघुवित्तले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ ।

बिहीबार बिहान बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

त्यस्तै कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुल १६ करोड ३२ लाख रुपैयाँ बराबरको लाभांश प्रदान हुनेछ ।

कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस