फक्ताङलुङमा घर बनाउँदा नक्सा पास अनिवार्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फक्ताङलुङमा घर बनाउँदा नक्सा पास अनिवार्य


३ फाल्गुन २०८०, बिहिबार


ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा घर निर्माण गर्दा अनिवार्यरुपमा नक्सा पास गर्नुपर्ने भएको छ । गाउँपालिकाले सूचना जारी गरेर स्थानीय सरकार सञ्चालन ऐन र गाउँपालिकाको नक्सा पास सम्बन्धी कार्यविधिमा भएको व्यवस्था बमोजिम घर निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नुपर्ने व्यवस्था गरेको जनाएको हो ।

‘फक्ताङलुङ गाउँपालिका भित्र घर निर्माण गर्दा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद-७ मा भवन निर्माण तथा सडक सम्बन्धी व्यवस्था भए बमोजिम तथा फक्ताङलुङ गाउँपालिकाको नक्सा पास सम्बन्धी कार्यविधि, २०८० बमोजिम घर नक्सा पास गरेर मात्र निर्माण गर्नु हुन सम्बन्धित सबै सरोकारवालामा जानकारी गराइन्छ,’ प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बे जारी गरेको सूचनामा भनिएको छ, ‘मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ३०६ र ३०७ मा व्यवस्था भए बमोजिम सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गा कब्जा वा आबाद गर्न नहुने र संरचना बनाउन नहुने भएकोले कानुन विपरीत सो कार्य गरेमा कानुन बमोजिम आवश्यक कारबाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ ।’

हाइड्रो पावरले बनाउने पक्की संरचनालाई लक्षित गरे गाउँपालिकाले सूचना निकालेको हो । पछिल्लो समय पालिकामा सार्वजनिक जग्गामा अनावश्यक रूपमा घरटहरा बनाउने गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस