कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत


३ फाल्गुन २०८०, बिहिबार


चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका दश जनाको पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ का  २४ वर्षीय उमेश भण्डारी, भीमदत्त-१६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट  रहेका छन् । यसैगरी त्यस्तै भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त-२  का  सुदीप भट्ट र पुनरवास-९ का बिसफाटा  विमलादेवी भट्टको पहिचान खुलेको छ ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु-प-प्र-०२-००१ ख ००९८ नम्बरको  सडकबाट दुई सय मिटर तल खसेको थियो । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस