कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते « प्रशासन
Logo १ बैशाख २०८१, शनिबार
   

कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते


३ फाल्गुन २०८०, बिहिबार


चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु-प-प्र-०२००१ ख ००९८ नम्बरको बस आज बिहान  सडकबाट दुई सय मिटर तल खसेको थियो ।  

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  । मृतकको विवरण (पहिचान)  आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस