‘कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवा कल्पना गर्न सकिन्न’-स्वास्थ्यमन्त्री बस्नेत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवा कल्पना गर्न सकिन्न’-स्वास्थ्यमन्त्री बस्नेत


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्मचारी बिना आधारभूत स्वास्थ्य सेवा कल्पना समेत गर्न नसकिने बताएका छन् । 

बुधबार काठमाडौँस्थित परोपकार प्रसुती स्त्रीरोग अस्पतालमा सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवनको उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी नभएको बताए । 

उनले भने, ‘बिरामीलाई आधारभूत स्वास्थ्य उपचार गर्नका लागि मात्रै यो अस्पताल स्थापित छैन । यसले मेडिकल शिक्षामा पनि जोड दिएर आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा समेत महत्वपूर्ण कामहरू गरेको छ । तर यहाँ मेडिकल शिक्षा प्रदान गर्ने जति तह र कोटा छन् । अहिलेको अवस्थामा पर्याप्त छैनन् । कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवाको कल्पना समेत गर्न सकिँदैन ।’

सात सय ५३ वटा स्थानीय तहहरुमा पालिका अस्पतालहरुको उद्घाटन गरिएको भएपनि एउटै अस्पताललले पूर्णता नपाएको मन्त्री बस्नेतको भनाइ थियो । 

उनले अघि भने, ‘सात सय ५३ वटा पालिका अस्पतालको शिलन्याश गरियो । काम एउटा अस्पतालमा पनि सकिएको छ  । सकिएको भएपनि कर्मचारी अभावमा सञ्चालन गर्न सकिएको छैन ।’

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले स्वास्थ्य उपचारमा मात्र केन्द्रित नभई मेडिकल शिक्षामा समेत महत्वपूर्ण कामहरू गरिरहेको उनले उल्लेख गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस