कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । एसीसी महिला प्रिमियर कप अन्तर्गत कुवेतसँगको खेलमा नेपालले ७४ रनको लक्ष्य पाएको छ।

मलेशियामा जारी प्रतियोगितामा बुधबार टस जितेर ब्याटिङ रोजेको कुवेतले नौ विकेटको क्षतिमा ७३ रन बनाएको हो। कुवेतका लागि प्रियदा मुरलीले २९, शान्ति वालासुव्रमन्यम र कादिजा खालिलले १३–१३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका लागि सीता राना मगरले तीन, कविता कुँवर र रुविना क्षेत्रले दुई–दुई विकेट लिए। आजको खेल जितेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस