लिभोसिट्रिजेन सिरप बिक्रीमा विभागले लगायो रोक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लिभोसिट्रिजेन सिरप बिक्रीमा विभागले लगायो रोक


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । औषधि व्यवस्था विभागले लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको छ । विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको हो ।

इभोरिन सिरप नामको औषधिको ब्याच नम्बर बीएलईएन ००१ लाई बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।

विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा औषधिको प्याकिङमा चुहावट भेटिएपछि अर्को आदेश नभएसम्म उक्त औषधि बिक्री वितरण नगर्न भनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस