६३ अर्ब २७ करोड रुपैयाँ मात्रै विकास बजेट खर्च « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

६३ अर्ब २७ करोड रुपैयाँ मात्रै विकास बजेट खर्च


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा जम्मा ६३ अर्ब २७ करोड रुपैयाँ मात्रै विकास बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार ६३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

बजेटमार्फत चालु आर्थिक वर्षमा सरकारले तीन खर्ब दुई अर्ब रुपैयाँ विकास बजेट अर्थात् पुँजीगत खर्चको लक्ष्य लिएको थियो । सात महिनामा जम्मा २१ दशमलव चार प्रतिशत मात्रै खर्च भएको हो ।

यस्तै चालु खर्चतर्फ लक्ष्यको ४४ दशमलव ५८ प्रतिशत अर्थात् पाँच खर्ब तीन अर्ब ५९ करोड रुपैयाँ खर्च भएको छ । विभिन्न क्षेत्रमा लगानी र ऋण तिर्न विनियोजन भएको बजेट अर्थात् वित्तीय व्यवस्थातर्फ ३७ दशमलव १२ प्रतिशत अर्थात् एक खर्ब १२ अर्ब २५ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । समग्रमा सात महिनामा छ खर्ब ७९ अर्ब ३८ करोड अर्थात् ३९ दशमलव २१ प्रतिशत बजेट खर्च भएको छ ।

यस्तै आम्दानीतर्फ राजस्व र अनुदान गरेर १४ खर्ब ७२ अर्ब रुपैयाँको लक्ष्य राखेकोमा सात महिनामा जम्मा पाँच खर्ब ८८ अर्ब २३ करोड रुपैयाँ मात्रै उठेको छ । यो लक्ष्यको ४० दशमलव १७ प्रतिशत हो । तर जति गर्दा पनि लक्ष्यअनुसार राजस्व सङ्कलन र खर्च गर्न नसकेको भन्दै सरकारले हिजो मात्रै बजेट संशोधन गरेको छ । अर्थ मन्त्रालयले बजेटको आकार १२ दशमलव ६२ प्रतिशत अर्थात् दुई खर्ब २१ अर्ब रुपैयाँले घटाएर १५ खर्ब ३० अर्ब २६ रुपैयाँमा झारेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस