नेपालले ब्याटिङ गर्नुअघि नै पायो पाँच रन बोनस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालले ब्याटिङ गर्नुअघि नै पायो पाँच रन बोनस


२९ माघ २०८०, सोमबार


काठमाडौँ । क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ब्याटिङ गर्नुअघि नै ५ रन बोनस पाएको छ ।

क्यानडालाई जरिवाना गर्दे अम्पायरले नेपाललाई बोनस दिइएको हो ।

४९ औँ ओभरको अन्तिम बलमा क्यानडाका ब्याटर पिचको मध्यभागमा कुदेपछि क्यानडालाई पाँच रन पेनाल्टी गरिएको हो ।

अम्पायरले क्यानडाका खेलाडीलाई पहिला चेतावनी दिएका थिए । तर त्यसलाई अटेरी गरेपछि नेपालको खातामा सुरुमै ५ रन जोडिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस