विनोद चौधरीलाई अनुसन्धानको दायरामा किन नल्याएको भन्दै रवि लामिछानेले उठाए प्रश्न  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विनोद चौधरीलाई अनुसन्धानको दायरामा किन नल्याएको भन्दै रवि लामिछानेले उठाए प्रश्न 


२८ माघ २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली काँग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्।

आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भनी प्रश्न गरेका थिए। उनले अनुसन्धानको दायरामा राखेर विनोद चौधरीलाई किन बयान लिइएन भनी प्रश्न गरे।

उनले पूर्व गृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतीक थापा बारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न समेत गरे। त्यस्तै इन्द्रजित राईका छोरा निरजबारे पनि उनले प्रश्न गरे।

उनले मुद्दा चलिरहेका बिचौलियाहरूले पूर्व गृहमन्त्री रामबहादुर थापाको श्रीमती नैककला थापाको पनि नाम पोलेको भन्दै उनमाथि अनुसन्धान भएरनभएको जानकारी गराउन समेत माग गरे।

Tags :
प्रतिक्रिया दिनुहोस