बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि आन्दोलन फिर्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि आन्दोलन फिर्ता


२८ माघ २०८०, आइतबार


विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र शिक्षक तथा व्यवस्थापनबीच सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।

आफूहरूको बढुवा प्रक्रिया अघि नबढाएको भन्दै झन्डै एक महिनादेखि कर्मचारी र शिक्षकले आन्दोलन गर्दा पठनपाठनका साथै उपचार सेवा प्रभावित भएको थियो ।

प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रह्लाद कार्की बढुवा प्रक्रिया अघि बढाउन सहमत भएपछि आन्दोलन स्थगित भएको हो । फागुन ६ गतेदेखि बढुवाका लागि अन्तर्वार्ता सञ्चालन गर्न सहमति गरिएको छ ।

प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले ६ महिनादेखि रोकिएको बढुवाको अन्तर्वार्ता सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त निर्णयपछि उपकुलपतिको कार्यालयमा भएको छलफलमा आन्दोलन फिर्ता लिने र शिक्षक कर्मचारी काममा फर्कने सहमति भएको हो । 

आफूहरूको माग पूरा गर्न प्रतिष्ठान व्यवस्थापन सहमत भएपछि आन्दोलनस्थगित गरिएको कर्मचारी कल्याण समाजका अध्यक्ष डा. सेराज अहमत खानले जानकारी बताए ।

उनका अनुसार फागनु ६ गतेदेखि अन्तर्वार्ता सञ्चालन गरी एक साताभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको छ । आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई प्रतिष्ठानको व्यवस्थापनले कारबाही नगर्ने सहमति पनि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस