Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्था हाम्रो परिकल्पना हो’-कमल थापा


२७ माघ २०८०, शनिबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले संविधान र संसदको नियन्त्रणमा रही राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यवस्थाको कल्पना गरेको बताएका छन् । 

शनिबार महोत्तरीको जलेश्वरस्थित जिल्ला स्तरीय पार्टी प्रशिक्षणका लागि पुग्नुअघि जनकपुरधाममा भएको पत्रकार सम्मेलनमा उनले केवल राजसंस्था फर्काउने मात्र नभई संविधान र संसदको नियन्त्रणमा रही राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यवस्थाको कल्पना गरेको बताएका हुन् । 

उनले भने,‘संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौँ । हामीले कल्पना गरेको प्रजातान्त्रिक व्यवस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ । हामीले केवल राजसंस्था फर्काउने मात्र कुरा गरेको होइनौँ ।’

उनले देशमा ठूलो सङ्ख्यामा गणतन्त्र चाहने मानिस रहेकाले गणतन्त्रवादीलाई र परिवर्तनकारीहरुलाई पनि चित्त बुझ्ने सहमति र सम्झौताको राजसंस्थाको चाहेको बताए । राजादेखि माओवादी सबै अटाउने मौलिक प्रजातन्त्रको कुरा गरेको हुनाले निरङकुश हुने अथवा कार्यकारी हुने भन्ने प्रश्न नै नआउँने उनको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस