एसीसी वुमन्स प्रिमियर कप : नेपाललाई हङकङले दियो ९४ रनको लक्ष्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसीसी वुमन्स प्रिमियर कप : नेपाललाई हङकङले दियो ९४ रनको लक्ष्य


२७ माघ २०८०, शनिबार


काठमाडौँ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा जितका लागि ९४ रनको लक्ष्य पाएको छ । नेपाललाई हङकङले उक्त लक्ष्य दिएको हो । 

मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन् । हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनायो । हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन् । उनले ३१ बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाइन् ।  

बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले दुई दुई तथा कविता जोशी र सीता राना मगरले एक एक विकेट लिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस