१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मसानघाटको जग्गा व्यक्तिको बनाउनेलाई कारबाही गर्न रुपन्देही प्रजिअ अर्यालको निर्देशन

अ+ अ-

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मृत्यु पश्चात् दाहसंस्कार गर्ने घाट (मसानघाट)को रूपमा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा गराउनेलाई कारबाही गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक जग्गा गैर कानुनी रूपमा व्यक्तिको नाममा गरिएको दर्ता बदर गर्दै कारबाही प्रक्रिया अगाडि बढाएका हुन् ।

सिद्धार्थनगर नगरपालिका वडा नं १० साबिकको भुजौली ७ (क) कित्ता नं. ६१ को जग्गा अर्घाखाँचीको साविक मैदान गाविस– ५ बस्ने फर्सुराम घिमिरेले आफ्नो नाममा दर्ता गरेका थिए । जग्गा फिर्ता ल्याएसँगै गैर कानुनी रूपमा जग्गा व्यक्तिको नाममा पु¥याउनेलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको प्रजिअ अर्यालले बताए । जग्गा संरक्षणका लागि नगरपालिकाले समन्वय गर्ने र सार्वजनिक जग्गाको बोर्ड राख्ने उनको भनाई छ । 

उक्त जग्गा दर्ता प्रक्रिया अगाडि नबढाउन र स्वामित्व (सार्वजनिक) यथास्थितमै राखी कुनै व्यक्ति÷सङ्घ संस्थाको नाममा स्वामित्व कायम हुने गरी थप स्रेस्ता कायम नगर्न, जग्गा धितो रजिष्ट्रेशन अंशबन्डा लगायतका कारोबार नगर्न मालपोत कार्यालयहरूलाई पत्राचार गरिने उनको भनाइ छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा गराउने कार्यमा संलग्न व्यक्ति तथा पदाधिकारीहरूलाई कारबाही गर्न/गराउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

फर्सुराम घिमिरे फरार छन् । उनको नाममा जग्गा पुर्‍याउनका सहयोग गर्ने कर्मचारी र अन्य व्यक्तिहरूबारे अनुसन्धान भइरहेको छ । उनी पक्राउ परेपछि घटनाबारे थप तथ्य बाहिर आउने छ । 

यसरी भएको थियो व्यक्तिको नाममा दर्ता
घाटको रूपमा रहँदै आएको जग्गा फर्सुराम घिमिरेले जालसाजी गरी आफ्नो नाममा दर्ता गरेकोले प्रचलित ऐन बमोजिम आवश्यक कारवाहीको माग गर्दै आमा समाज सिद्धार्थनगरले गत असोज ८ मा प्रशासन कार्यालयमा निवेदन दिएको थियो । निवेदन पछि कार्यालयले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा मालपोत कार्यालय भैरहवाको चलानी नम्बर २३५६ मिति २०८०/०६/१४ को पत्रबाट उक्त जग्गा फर्सुरामको नाममा कम्प्युटर इन्ट्री भएको देखिएको थियो । तर, उनको नाममा उल्लेखित कित्ता भएको जग्गाको जग्गाधनी स्रेस्ता नभएको, कम्प्युटर अभिलेखमा उक्त जग्गा प्राप्तिको श्रोत हेर्दा २०७१/११/२८ मा रसिद नं. ३३७९ भई राजीनामा पास भएको पाइएको कार्यालयले जनाएको छ ।

उक्त रसिद नं. र मितिमा अन्य व्यक्तिको जग्गाको कारोबार भएको र फर्सुरामको फोटो सहितको प्रिन्ट जग्गाधनी पुर्जामा स्रोतको रूपमा उल्लेख गरिएको थियो । २०७०/०१/२८ मा रसिद नं. ११ क भई राजीनामा पास भएको उल्लेख भएकोमा उक्त रसिद नं. र मितिमा अर्को व्यक्तिको जग्गाको कारोबार भएको थियो । 

सार्वजनिक जग्गा व्यक्तिको नाममा लैजान जग्गाको अभिलेख र कार्यालय समेत परिवर्तन गरिएको अनुसन्धानमा खुलेको छ । कम्प्युटर इन्ट्रीको हिस्ट्री डिटेल्सबाट साविक सेमलारको जग्गाको अभिलेख परिवर्तन गरी भुजौली एवं कार्यालय समेत परिवर्तन गरी मालपोत कार्यालय भैरहवा बनाइएको थियो । 

उक्त जग्गाको इन्ट्री कार्यालयबाट नभएको अनुसन्धानमा खुलेको छ । उक्त जग्गा सिद्धार्थनगर नगरपालिका वडा नं. ४ र १० का स्थानीयले घाटको रूपमा प्रयोग गर्दै आएका छन् ।

नापी कार्यालय रुपन्देहीबाट प्राप्त जग्गाको फिल्ड बुक पाना, प्लट रजिष्टर उतार र कम्प्युटर नक्सा प्रिन्टबाट समेत उक्त जग्गा पर्ति जग्गा भएको पुष्टि भएको छ । मालपोत कार्यालय भैरहवा, नापी कार्यालय भैरहवा र सिद्धार्थनगर नगरपालिका ८ नं. वडा कार्यालयले पनि उक्त जग्गा सार्वजनिक भएको जानकारी दिएका छन् ।

प्रजिअ अर्यालले सुरुवाती देखि नै आक्रामक रूपमा आफ्ना कामकारबाहीलाई अघि बढाउँदै आएका छन् । असोज दोस्रो साता मात्रै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको जग्गा व्यक्तिका नाममा दर्ता भएको विषयमा मालपोत कार्यालयका प्रमुखलाई १० बुँदे स्पष्टीकरण सोधेका थिए । 

१० वटा बुँदामा सोधिएको स्पष्टीकरणमा कार्यालय प्रमुखको निर्णय क्षमतामाथि प्रश्न उठाउँदै सरकारले छुट दर्ता नखुलाएको अवस्थामा कसरी छुट जग्गा दर्ता गर्नुपर्ने बाध्यता आइपरेको हो ? कार्यालय प्रमुखले चाहेको कुनै पनि समयमा छुट जग्गा दर्ता गर्न मिल्छ ? भनेर स्पष्टीकरण सोधका थिए ।

सम्बन्धित समाचार : विमानस्थल जग्गा प्रकरणमा सिडिओ अर्यालको एक्सन, मालपोत प्रमुखलाई सोधे १० बुँदे स्पष्टीकरण

जिल्लामा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्ने चलखेल भइरहेको भन्दै उनले स्रोत, साधन र हाम्रो सूचनाले भ्याएसम्म निर्मम हिसाबले यो प्रवृत्तिलाई अन्त्य गर्ने प्रयास गर्ने बताएका थिए ।

सम्बन्धित समाचार : विमानस्थल जग्गा प्रकरणमा प्रशासनले हस्तक्षेप नै गरेको हो ः सिडिओ अर्याल

प्रतिक्रिया दिनुहोस