विमानस्थलका डिआइजी अर्जुन चन्दको सरुवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विमानस्थलका डिआइजी अर्जुन चन्दको सरुवा


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दको सरुवा भएको छ ।  डिआइजी चन्दको प्रहरी प्रधान कार्यालयमा काज सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको सिफारिसमा गृह मन्त्रालयले उनलाई प्रहरी प्रधान कार्यालयमा रहेको प्रदेश समन्वय विभागमा सरुवा गरेको हो ।

विभागमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्व छ । विभागको नेतृत्व एआईजी सुदीप गिरीले गरिरहेका छन् ।

विमानस्थलमा प्रहरी र अध्यागमन विभागका कर्मचारीबीच कुटपिट भएको घटनामा प्रहरीलाई कारबाही गरिएको प्रति डिआइजी चन्द असन्तुष्ट थिए । गृह मन्त्रालयले बनाएको छानबिन समितिले पनि प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेपछि उनले राजीनामा दिएका थिए ।

सम्बन्धित समाचार : विमानस्थलका डीआईजी अर्जुन चन्दद्वारा राजीनामा

सम्बन्धित समाचार : रित नपुगेको भन्दै प्रहरी प्रधान कार्यालयद्वारा डिआइजी चन्दको राजीनामा फिर्ता

सम्बन्धित समाचार : विमानस्थल कुटपिट प्रकरण : असईलाई निलम्बन, अधिकृतलाई विभागीय कारवाही सिफारिस 

सम्बन्धित समाचार : विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात

सम्बन्धित समाचार : विमानस्थल कुटपिट प्रकरणबारे छानबिन गर्न समिति गठन

सम्बन्धित समाचार : अध्यागमन प्रमुखलगायतका कर्मचारी कुटपिट गर्नेलाई कारबाही नभए सेवा बन्द गर्ने चेतावनी

सम्बन्धित समाचार : अध्यागमन प्रमुख लगायतका कर्मचारीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न कर्मचारी युनियनको माग

सम्बन्धित समाचार कर्मचारी कुट्ने प्रहरीलाई कारबाही नभए देशभर सेवा ठप्प पार्ने ट्रेड युनियनहरूको चेतावनी 

सम्बन्धित समाचार : विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात

सम्बन्धित समाचार : फलोअप : सिसिटिभी फुटेज हेर्न गएका अध्यागमन प्रमुखलाई नै ढोका थुनेर कुटे प्रहरीले

सम्बन्धित समाचार : ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ? 

Tags :
प्रतिक्रिया दिनुहोस