मन्त्रिपरिषदमा पुग्यो एनसेल सेयर बिक्रीसम्बन्धी प्रतिवेदन  « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

मन्त्रिपरिषदमा पुग्यो एनसेल सेयर बिक्रीसम्बन्धी प्रतिवेदन 


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । एनसेल सेयर बिक्री सम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा पुगेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषदमा विचाराधीन रहेको जानकारी दिइन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका सवालको जवाफमा मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको बताइन् ।

उनले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिइन् । समितिका केही सदस्यले प्रतिवेदन आफूहरूलाई दिन माग गरेका थिए ।

समितिको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफलपछि पारित भएको छ ।a

Tags :
प्रतिक्रिया दिनुहोस