२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले सत्ता टिकाउन हाईप्रोफाईलका ठगहरूको संरक्षण गरेको बस्नेतको आरोप

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले सरकार टिकाउनका लागि अपराध कार्यमा संलग्न व्यक्ति माथि अनुसन्धान अगाडि नबढाएको बताएका छन्।

भरतपुर विमानस्थलमा शुक्रबार (आज) पत्रकारसँग कुराकानी गर्दै नेता बस्नेतले वित्तीय अपराध गरेको प्रशस्त प्रमाण हुँदासमेत अनुसन्धान अगाडि नबढाएको आरोप लगाएका हुन्।

‘सत्तामा रहेका प्रधानमन्त्री र मन्त्रीलाई केही गरी हाम्रो सरकार ढाल्यो भने अंक गणितका लागि अन्य असंख्यक तथ्य प्रमाण र आधारहरू हुँदा हुँदै पनि हाई प्रोफाइलका सहकारी ठगहरू अनुसन्धानमा आउने स्थिति छैन, नेता बस्नेतले रास्वपाका सभापति रवि लामिछाने प्रति सङ्केत गर्दै भने, ‘सहकारीको १७ करोडभन्दा बढी रकम ग्यालेक्सी टिभीमा लगानी गरेको प्रमाण भेटिएको छ। अनुसन्धानमा सरकार लागेको छैन।’

उनले पोखरा, चितवन र बुटवलको सहकारीबाट लामिछानेको प्रत्यक्ष सहभागितामा नियम विपरीत ग्यालेक्सी टिभीमा लगानी भएको बताए।

‘ग्यालेक्सी टिभी खोल्दा उहाँले खाने तलब देखि शेयरसम्मका कुराबाट कास्की, चितवन लगायतका जनताले दुःख गरेर जम्मा गरेको पैसाको दुरुपयोग भएको छ उनले भने ‘कानुनको अनविज्ञता प्रकट गर्दै आफू बच्दै अरू माथि हिलो छ्याप्ने काम भएको छ।’

उनले अदालत समेत सरकारको सेटिङमा चलेको बताएका छन्। उनले अरुण चौधारी तर्फ सङ्केत गर्दै जग्गा घोटला लगायतका काण्डमा अदालतले प्रहरीलाई अनुसन्धान गर्न नदिई उन्मुक्ति दिएको आरोप लगाए। सत्ता टिकाउनका लागि सरकारले जस्तो सुकै काम गर्न तयार भएको उनको जिकिर छ। राजनीतिक अस्थिरताका कारण देशमा अनियमितता बढेको उनको बुझाई छ। नेकपा एमालेले महँगी, भ्रष्टाचार विरुद्ध हुलाकी राजमार्गमा दबाब यात्रा गर्ने उनले बताए।