सर्वोच्चले रोक्यो नार्कका निर्देशक भट्टराईको नियुक्ति « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सर्वोच्चले रोक्यो नार्कका निर्देशक भट्टराईको नियुक्ति


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईको नियुक्ति रोकेको छ । सर्वोच्चले निर्देशक हुन एस चार तहका वैज्ञानिक डा. ध्रुवराज भट्टराई अयोग्य रहेको आदेश सुनाएको हो।

भट्टराईलाई पहिलो पटक कायम मुकायम निर्देशक नियुक्त गर्ने परिषद्का अध्यक्ष एवं कृषिमन्त्री वेदुराम भुसालको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट निवेदन परेको थियो।

नार्कमा कार्यरत वरिष्ठतम वैज्ञानिक एस छ का डा. दोजराज खनालले दायर गरेको रिट निवेदनमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेक ढुंगानाको संयुक्त इजलासले भट्टराईलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिँदा नेपाल कृषि अनुसन्धान परिषद् (कर्मचारी प्रशासन) विनियम, २०४९ को विनियम २२ विपरीत रहेको ठहर गरेको हो।

आदेशमा भनिएको छ, ‘नियुक्तिका लागि अन्य योग्यता पुगेको भएर मात्र नपुगी बढुवाका लागि सम्भाव्य उम्मेदवार भएको र एकतह मुनिको पदमा कार्यरत रहेको पनि हुनु पर्ने गरी व्यवस्था भएको देखिन्छ। यो व्यवस्थाले कायम मुकायम मुकररको विषयलाई यथाशक्य वरिष्ठतम कर्मचारीहरुमध्येबाट नियुक्त हुन सकोस् भन्ने मान्यतालाई अंगिकार गरेको देखिन्छ। तसर्थ उक्त व्यवस्थाको रोहमा हेर्दा विपक्षी डा। धुव्रराज भट्टराईलाई कार्यकारी निर्देशकको पदमा कायम मुकायम मुकरर गरिएको निर्णयलाई कानूनसंगत मान्न मिल्ने देखिँदैन।’

Tags :
प्रतिक्रिया दिनुहोस