वडाध्यक्षले कुटे प्राविधिक मूल्यांकन गर्न गएका कर्मचारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वडाध्यक्षले कुटे प्राविधिक मूल्यांकन गर्न गएका कर्मचारी


२४ माघ २०८०, बुधबार


काठमाडौँ । खजुरा गाउँपालिकाका प्राविधिक लिलाराज धामीमाथि हातपात भएको छ। खजुरा गाउँपालिका-५ का वडाध्यक्ष गरिबे शेषले आज दिउँसो प्राविधिक धामीमाथि कार्यक्षेत्रमै हातपात गरेका गाउँपालिका स्रोतले जनाएको छ ।

खजुरा गाउँपालिका-६ मा अवस्थित भानु माध्यमिक विद्यालयमा सम्पन्न भएको माटो पटान कामको प्राविधिक मूल्यांकन गर्न गएका प्राविधिक धामीमाथि कुटपिट गरेको स्रोतको भनाइ छ ।

वडाध्यक्ष गरिबे वडा नम्बर-६ मा रहेको भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुन्। गाउँपालिकाले माटो पटानका लागि दुई लाख रुपैयाँ रकम विनियोजन गरेको थियो। वडाध्यक्ष गरिबेले नापजाँच नगरी प्राविधिक मूल्यांकन गर्न दबाब दिइरहेको उनीहरूको आरोप छ ।

वडाध्यक्ष गरिबेले प्राविधिकलाई कुटपिट गरेपछि खजुराका प्राविधिकहरूले कामकाज ठप्प पारेका छन्। अहिले पालीकाका जनप्रतिनिधि र कर्मचारीबीच घटनाबारे छलफल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस