विश्वकप क्रिकेट लिग-२ : घरेलु मैदानमा हुने त्रिदेशीय शृंखलाको तालिका सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विश्वकप क्रिकेट लिग-२ : घरेलु मैदानमा हुने त्रिदेशीय शृंखलाको तालिका सार्वजनिक


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो । शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन् ।

सार्वजनिक तालिकाअनुसार नेपालले १५ फेब्रुअरीमा नामिबियासँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । १७ फेब्रुअरीमा नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ । १९ फेब्रुअरीमा नामिबिया र नेदरल्यान्ड्स भिड्दा २१ फेब्रुअरीमा नेपालले पुनः नामिबियासँग खेल्नेछ । २३ फेब्रुअरीमा नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । यस्तै, नेपालले शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्सँग २५ फेब्रुअरीमा खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस