संसद् महासचिव अविलम्ब नियुक्ति गरियोस्, चलखेल स्वीकार छैन : एमाले  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसद् महासचिव अविलम्ब नियुक्ति गरियोस्, चलखेल स्वीकार छैन : एमाले 


२२ माघ २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन् । 

सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले संघीय संसदको महासचिव पद खालि अवस्थामा हुनु र अधिवेशन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? भन्दै प्रश्न गरे । महासचिवमा राष्ट्रपतिले राजनीति गरेको उनको आरोप थियो । उनले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिए ।  कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्ब नियुक्ति गर्न आग्रह गरे ।  आगामी बैठकहरूमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन चेतावनी दिँदै राष्ट्रपति पदको गरिमालाई कायम राख्न आग्रह गरे । 

उनले भने, ‘आज हाम्रो संघीय संसदको महासचिव पद खालि अवस्थामा छ । भर्खरै मात्रै सम्माननीय अध्यक्षज्यूले खालि भएको कुरा सुनाउनुभयो । तर यो अधिवेशन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? हामीले कस्तो राष्ट्रपति पायौँ रु निकै लामो अध्ययन चिन्तन गर्ने, राष्ट्रपति ज्यु तपाईँको अध्ययन चिन्तन अब बढी भएन र ? एउटा संसदको महासचिवमा तपाईँको चलखेल किन रु आज विनम्रतापूर्वक यस सभाको बैठकमा आग्रह गर्दछु । हामीलाई कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्ब दिइयोस् । मलाई विश्वास छ, आगामी बैठकहरूमा हामीले सम्माननीय राष्ट्रपतिको बारेमा अलि कडा शब्द प्रयोग गर्नुपर्ने छैन । राष्ट्रपति भनेको सम्मानित पद हो । यसको गरिमालाई कायम राख्न आग्रह गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस