पुर्वराजा ज्ञानेन्द्रप्रति ओलीको टिप्पणी-‘पार्टी खोल्ने सुर होला, तयहीभएर सक्रिय भएका होलान्’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पुर्वराजा ज्ञानेन्द्रप्रति ओलीको टिप्पणी-‘पार्टी खोल्ने सुर होला, तयहीभएर सक्रिय भएका होलान्’


२२ माघ २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय भएको हुनसक्ने बताएका छन् ।

आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘पार्टी खोल्ने सुर होला । आधार बनाउन खोजेको होला, त्यसको लागि कोसिस गरेको होला ।’

उनले संघीयता पहिलो पटक आएकाले बलियो बनाउन मिहिनेत गर्नुपर्ने बताए । जनतालाई प्रदेश सरकार आवश्यक हुनुपर्ने जस्तो अनुभूति हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

‘अहिले जनता के भन्न थालेका छन्, प्रदेशका मन्त्रीले झण्डा हलाएर मात्र के हुन्छ रु काम त केही भएन । जनताले के ठानुन् भने संघीयता आवश्यक छ, प्रदेश आवश्यक छ, स्थानीय तह आवश्यक छ । उनीहरूले राम्रो काम गरेको छ,’ ओलीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस