इच्छाराज तामाङको जफत सम्पत्तिबाट सहकारी पीडितले बचत फिर्ता पाउने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

इच्छाराज तामाङको जफत सम्पत्तिबाट सहकारी पीडितले बचत फिर्ता पाउने


२१ माघ २०८०, आइतबार


काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सिभिल सहकारीको बचत रकम अपचलन गरेका इच्छाराज तामाङलगायत आरोपितहरूको सम्पत्ति जफत गर्ने निर्णय विशेष अदालतले गरेको छ । अदालतको फैसलाबमोजिम उनीहरूको सम्पत्ति जफत भएमा त्यो सम्पत्ति सहकारीका पीडितहरू बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग हुने भएको छ ।

बचतकर्ताहरूको रकम सिभिल सहकारी तथा इच्छाराज तामाङ समूहहरूले ठगी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । सो मुद्दामा पीडितलाई बचत रकम फिर्ता गर्नुपर्ने फैसला भएमा इच्छाराजलगायतको जफत सम्पत्ति त्यसमा प्रयोग हुने भएको हो ।

विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गर्दा यससम्बन्धी व्याख्या गरेको हो ।

इच्छाराज तामाङ र सिभिल सहकारीबाट ठगिएका पीडितहरू ठगी मुद्दा लिएर जिल्ला अदालत काठमाडौँ गएका छन् । त्यो मुद्दा जिल्ला अदालत काठमाडौँमा नै विचाराधीन रहेको अवस्थामा विशेष अदालतले इच्छाराज लगायतको समूहलाई दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो तिराउने आदेश गरेको छ । उनलाई त्यति नै रकम जरिवाना हुनेछ ।

सम्बन्धित समाचार : इच्छाराज तामाङलाई तीन वर्ष जेल, अर्बौँ बिगो र जरिवाना

Tags :
प्रतिक्रिया दिनुहोस