सहकारीबाट ३२ लाख चोरी, बचतकर्ता आक्रोशित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सहकारीबाट ३२ लाख चोरी, बचतकर्ता आक्रोशित


२१ माघ २०८०, आइतबार


दोलखा । दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ । केही दिनअघि  दोलखाको मेलुङ गाउँपालिका-१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरी गरेका छन् । 

चोरी भएको भनिएको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रु. ३२ लाख ८७ हजार दुई सय ७६ हराएको सहकारी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले सोही सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेललाई र घरबेटीलाई पक्राउ गरी सोधपुछपछि छाडेको छ । 

दोलखाकै मेलुङ गाउँपालिका-६ मा रहेको ‘गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड’मा पनि व्यवस्थापकले रु. एक करोड ५३ लाख हिनामिना गरेको भन्दै बचतकर्ता आक्रोशित छन् । उक्त सहकारीले त्यसको छानबिन गरिरहेको बताएको छ । 

हाल गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम हिनामिना गर्ने व्यवस्थापक भूप चापागाईँलाई सञ्चालक समितिले निलम्बन गरी छानबिन गरिरहेको बताएको छ । सहकारीका अध्यक्ष श्रीराज पोखरेलले उनले हिनामिना गरेको रकम असुलउपरका लागि प्रक्रिया प्रारम्भ गरिएको बताएका छन् ।

दोलखाकै कालिञ्चोक गाउँपालिका-६ मा रहेको जनचाहना बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि रकम हिनामिना भएको बताउँदै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर गरेपछि आयोगले पालिकालाई छानबिन गर्न पत्र लेखेको छ । स्थानीय बचतकर्ताका अनुसार त्यहाँ पनि रु. २० लाखभन्दा बढी रकम सञ्चालकले हिनामिना गरेको आरोप छ । 

सहकारीमा भएको चोरी र रकम हिनामिनाबारे जिल्ला प्रहरी कार्यालयले सूक्ष्म ढङ्गले अध्ययन थालेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस