काठमाडौँ महानगरमा सतर्कता केन्द्रको छड्के « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ महानगरमा सतर्कता केन्द्रको छड्के


२१ माघ २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ महानगरपालिकामा छड्के अनुगमन गरेको छ । महानगरपालिकाको कार्यालयमा छड्के अनुगमनका क्रममा नौ जना कर्मचारी तोकिएको पोसाक नलगाएर कार्यालयमा उपस्थित भएको पाइएको छ ।

साथै दुई जना कर्मचारी कार्यकक्षमा नभेटिएको बताइएको छ । महानगरपालिकाकै वडा नम्बर १० को कार्यालयमा सात जना अनुपस्थित रहेको, एक जना कार्यकक्षमा नभेटिएको तथा वडा नम्बर २९ को कार्यालयमा पाँच जना कर्मचारी अनुपस्थित रहेको र तीन जनाले तोकिएको पोसाक नलगाएको पाइएको छ ।

केन्द्रको छड्के अनुगमनका क्रममा वडा नम्बर २९ को कार्यालयमा महिला पुरुषको शौचालय छुट्ट्याइएको, स्तनपान कक्ष नभएको, चमेनागृह नरहेको पनि पाइएको छ भने वडा नम्बर १० को कार्यालयमा स्तनपान कक्ष र चमेनागृह नभएको तथा सहायता कक्ष निर्माणाधीन अवस्थामा रहेको पाइएको छ ।

केन्द्रले छड्के अनुगमनका क्रममा सेवाग्राही सर्वेक्षण फाराम पनि भरेको छ । जसमा काठमाडौँ महानगरपालिकामा १९ जनाको सेवाग्राही सर्वेक्षण फाराम भर्दा जम्मा सेवाग्राहीको ५७ प्रतिशत अर्थात् ११ जनाले आफूलाई नागरिक वडापत्रको बारेमा जानकारी नरहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस