इच्छाराज तामाङलाई तीन वर्ष जेल, अर्बौँ बिगो र जरिवाना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इच्छाराज तामाङलाई तीन वर्ष जेल, अर्बौँ बिगो र जरिवाना


२१ माघ २०८०, आइतबार


काठमाडौँ । पूर्वसांसद इच्छाराज तामाङलाई तीन वर्ष जेल सजाय भएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको अदालतका प्रवक्ता धन बहादुर कार्कीले बताए । 

तामाङकी श्रीमती सृजना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय तोकिएको कार्कीले बताए ।

केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार एक सय २४ रुपैयाँ ३७ पैसा बिगो, बिगो बराबर जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस