हिउँदे अधिवेशनका लागि आवश्यक तयारी पूरा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हिउँदे अधिवेशनका लागि आवश्यक तयारी पूरा


२१ माघ २०८०, आइतबार


काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैको बैठकको लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

आइतबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकस्थलको अवलोकन गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगी उनले बैठकस्थलको अवलोकन गर्दै तयारीबारे जानकारी लिएका हुन् ।

त्यस क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यसपटक संसद्लाई क्यालेन्डरअनुसार सञ्चालन गर्ने तयारी भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस