पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस


२१ माघ २०८०, आइतबार


काठमाडौँ । पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । 

बढुवा सिफारिस समितिको बैठकले नेपाल लेखापरीक्षण सेवाका चार जना र नेपाल इञ्जिनियरिङ सेवा तर्फका शाखा अधिकृतलाई कार्यक्षमताको आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

शाखा अधिकृतबाट उपसचिव बढुवा हुनेमा डुलहरि दाहाल, संगीता फुयाल, पिंकीकुमारी दास र मञ्जु पन्थी छन् भने सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहतर्फ वीरबहादुर रावल सिफारिस भएका छन् । 

हेर्नुहोस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस